युनाइटेडको रक्तदानमा ४६ युनिट संकलन
पाेखरा | बैशाख ४, २०८२
पोखरा: युनाइटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ ।
१५ औं वार्षिकोत्सवको अवसर पारि नयाँ वर्षको दिन (बैशाख १ गते) पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण समेत सम्पन्न गरिसकेको युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा पोखराको अमरसिंहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा बोल्दै रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधीक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा रक्त अभावमा रहेकाहरुलाई सहयोग पुग्ने बताए ।
युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।
युनाइटेड क्लबले नयाँवर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको र दोश्रो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको उनको भनाई थियो ।
युनाइटेडले सामाजिक कामलाई निरन्तरता दिनेसमेत थापाले बताए ।
युनाइटेड क्लबका कार्यसमिति सदस्य विष्णुकुमार गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

